मोतिपुरमा प्रहरी र स्थानीयबीचको झडपमा गोली लागेका एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मोतिपुरमा प्रहरी र स्थानीयबीचको झडपमा गोली लागेका एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७८, आईतवार

    बुटवल : रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ।

    रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

    औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा करिब ३ दर्जन हवाई फायर भएको स्थानीयले बताएका छन् ।

    प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।