झाडीमा भेटियो नवजात शिशु, फाल्नेको खोजी हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    झाडीमा भेटियो नवजात शिशु, फाल्नेको खोजी हुँदै

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७८, आईतवार

    दमौली : तनहुँको म्याग्दे गाउँपालिका-१ बरचौरमा नवजात शिशु फेला परेको छ । बरचौरको सानो खाोल्सा नजिक आइतबार नवजात शिशु फेला परेको हो ।

    झाडीमा बच्चा रोएको आवाज आएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

    “बच्चा कसले फाल्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ,” उनले भने, “हाल बच्चाको अवस्था सामान्य छ ।”