एजेन्सी : विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र बोलिभिया विजयी भएका छन् ।
आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको हो । अर्जेन्टिनाको जितमा खेलको ४३ औं मिनेटमा लउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै अर्जेन्टिनाले ११ खेलमा २५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। पेरु भने ११ अंकसहित नवौं स्थानमा छ ।
आज बिहान नै भएको अर्को खेलमा बोलिभियाले पाराग्वेलाई ४–० ले हराएको छ भने कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।