बन्दिपुरमा महिलालाई जबरजस्ती करणी अभियोगमा किशोर पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दिपुरमा महिलालाई जबरजस्ती करणी अभियोगमा किशोर पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, आईतवार

    दमाैली : महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको बन्दिपुरबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सोही ठाउँ बस्ने ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई शनिबार साँझ पक्राउ गरेको हो । घटनासम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।