विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न श्रममन्त्री श्रेष्ठको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न श्रममन्त्री श्रेष्ठको आग्रह

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, आईतवार

    काठमाडाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् । आफूलाई भेट्न आइतबार आएका युएई र साउदी अरबका राजदूतसँग श्रममन्त्री श्रेष्ठले युएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

    विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाई तथा दिदीबहिनीलाई छिटो भन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदुतलाई आग्रह गरेको सचिवालयले जनाएको छ ।

    May be an image of 2 people, people standing, flower and indoor

    मन्त्री श्रेष्ठसँग युएईका राजदुत साइद हमदार मोहम्मल अल नक्की र साउदी अरबका राजदुत मुसेद वनि सुलेमानले आइतबार महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गरेका थिए । सो अवसरमा राजदूतहरुले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताएका थिए ।