दमौली : व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको निशुल्क ऑखा परीक्षण गराउने भएको छ । नगर क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी नगरपालिकाले कात्तिक ११ देखि १३ गतेसम्म शिविर गर्न लागेको हो ।
पोखरास्थित हिमालय ऑखा अस्पतालको प्राविधिक सहयोगमा व्यास-२ स्थित बालमन्दिर माविमा शिविर गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । उनका अनुसार कात्तिक ११ गते वडा नम्बर १,२,३,४,५, कात्तिक १२ गते वडा नम्बर ६,७,८,९,१० र कात्तिक १३ गते ११,१२,१३ र १४ का ज्येष्ठ नागरिकको ऑखा परीक्षण गरिनेछ ।
ऑखा शिविरपछि शल्यक्रिया गर्नुपर्ने ज्येष्ठ नागरिकको व्यास नगरपालिकाकै खर्चमा शल्यक्रिया गरिनेछ । नगरपालिकाले गत वर्षदेखि ज्येष्ठ नागरिकको ऑखा परीक्षण सुरु गरेको थियो ।