दुलेगौडा : नेकपा एमालेको मंगलबार सुरु गाउँ तथा नगर अधिवेशन तनहुँका ६ स्थानीय तहमा सम्पन्न भएको छ । मंगलबार रातिसम्म पाँच स्थानीय तहमा सर्वसम्मत अधिवेशन भएको थियो । एक स्थानीय तहमा बुधबार सम्पन्न भएको हो ।
भिमाद नगरपालिकामा मंगलबार र बुधबार लामो रस्साकस्सीपछि नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । भिमाद नगर कमिटीको अध्यक्षमा ईमानबहादुर थापा र पदमसेन ठकुरीले दावी गर्दा भिमादमा मतदानबाट नेतृत्व टुंगो लगाउनेसम्म तयारी भएको थियो । तर सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीको सर्कुलर भएकाले बुधबार दिनभरको छलफलले सर्वसम्मत अधिवेशन सम्पन्न गराएको हो । दुवै दावेदार टसमस नहुँदा निर्वाचनमा जाने चर्चा चल्यो ।
अन्तत भिमाद नगर कमिटीको अध्यक्षमा अध्यक्ष इमानबहादुर थापाले पुन:.बाजी मारेका छन् । माओवादी केन्द्रसँगको एकता प्रकृया भंग भएपछि उनी एमालेको नगर कमिटी अध्यक्ष भएका थिए । त्यो भन्दा अगाडी नेकपाको नगर कमिटीको सचिव थिए उनी । अध्यक्षका दाबेदार पदमसेन ठकुरी ब्याक भएर उपसचिवमा चित्त बुझाए । उपाध्यक्षमा चर्तुभुज सुवेदी, सचिवमा उमाकान्त श्रेष्ठ र उपसचिवमा भिमसिंह थापा बलु चयन भएका छन् ।
व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा मंगलबार नै सर्वसम्मत सम्पन्न भएको थियो ।