दमौली : नेपाली काङ्ग्रेसका युवा नेता लक्ष्मीभक्त खनालले आसन्न १४ औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार पत्रकारसँग कुरा गर्दै पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सङ्गठन सुदृढीकरणका साथै गाउँ-गाउँमा पुगेर जनताको सेवा गर्ने उद्धेश्यका साथ जिल्ला सचिवमा उम्मेदवारी दिने खनालले बताए । “पार्टीका कार्यकर्ताका साथै आम जनताको सेवा गर्ने मेरो मुख्य लक्ष्य हुनेछ,” खनालले भने ।
काङ्ग्रेसलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । “काङ्ग्रेसका सबै नेता तथा कार्यकर्ताको माया मैले पाउनेछु,” उनले भने ।
दुई पटक नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भएका खनाल हाल जेसीआई व्यास नगरका अध्यक्ष हुन् । सामाजिक सेवामा सक्रिय खनाल युवामाझ लोकप्रिय छन् । खनाल हाल नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य समेत हुन् । खनाल नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री पनि भइसकेका छन् ।
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ ।