निर्माणाधीन सभागृहको अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्माणाधीन सभागृहको अनुगमन

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७८, बिहीबार

    दमाैली : तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधीन सभागृह भवनको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा भवनको बिहीबार अनुगमन गरिएको हो ।

    भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिने उद्देश्य सहित अनुगमन गरिएको समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए । अनुगमनका क्रममा भवनको कामले गति लिएको र निर्माण व्यवसायीले चैतभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गुरुङले जानकारी दिए ।

    अनुगमनमा समन्वय समितिका उपप्रमुख पवित्रादेवी पौडेल, समन्वय अधिकारी प्रेमराज गिरी, शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख झपडबहादुर थापा, इन्जिनियर रामकृष्ण गिरी, रेखा लामिछाने लगायत सहभागी थिए ।

    शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् निर्माण भइरहेको भवनको काम ८५ प्रतिशत सकिएको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना कहरका कारण ढिलाई भएको छ । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद आगामी चैतसम्म थप गरिएको छ ।

    भ्याट बाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँको लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।