श्री नम्बर ३ बाहिनीले मनायो ७० औं वार्षिकोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्री नम्बर ३ बाहिनीले मनायो ७० औं वार्षिकोत्सव

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७८, शुक्रबार

    दुलेगाैडा : तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बिहीबार आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्यकमाण्डका सेनापति उपरथी विनयविक्रम राणाले सार्वभौमिकता, राष्ट्रिय एकता कायम राख्न लगायतका काममा सेनाको अग्रणी भूमिका रहँदै आएको बताए ।

    विपद् व्यवस्थापन, राष्ट्र विकास जस्ता बहुआयामिक कार्यहरुमा श्री नम्बर ३ बाहिनी र बाहिनी अन्तर्गतका गण र गुल्महरुले महत्वपूर्ण कार्य गर्दै आएको बताए । बाहिनीपति तथा सहायकरथी कुमारबाबु थापाले बाहिनीको स्थापनाबारे चर्चा गर्दै सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने काम गरिएको बताए ।

    कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइली, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी, कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी मनोज गुरुङ, व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, तनहुँस्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।