तनहुँको लियो गोरखामा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको लियो गोरखामा सम्मानित

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७८, शुक्रबार

    दमाैली : लियो क्लब अफ तनहँु गोरखामा सम्मानित भएको छ । लियो क्लब अफ गोरखाले दशौ स्थापना दिवसको अवसरमा शुक्रबार लियो क्लवलाई सम्मान गरेको हो ।

    तनहँुको लियोलाई क्लब अफ द मार्च, वर्षको उत्कृष्ट क्लब लगायतबाट सम्मान गरिएको छ । लियो क्लब अफ गोरखाका २०२०÷२१ का अध्यक्ष आदर्शमोहन भट्टराईले उक्त सम्मान प्रदान गरे ।

    त्यस्तै लियो क्लब अफ तनहँुका पूर्व अध्यक्ष एवं क्षेत्रिय संयोजक अनिलकुमार श्रेष्ठलाई उत्कुष्ट क्षेत्रीय संयोजकको रुपमा सम्मान गरिएको छ । २०१९÷२० मा उत्कृष्ट उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरेको भन्दै क्लबका वर्तमान अध्यक्ष सुनिल मिश्रलाई पनि सम्मान गरिएको थियो भने लियो क्लब अफ निर्मल अल्फाकी अध्यक्ष अलिशाबंशी ठकुरीलाई पनि सम्मान गरिएको क्लवले जनाएको छ ।