सुनिताको उपचारमा जुट्दै युवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुनिताको उपचारमा जुट्दै युवा

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७८, आईतवार

    दुलेगाैडा : २७ वर्षीया सुनिता थारु जतिबेला विस्तारामा लम्पसार परिरहन्छिन् । आफ्नै शरिर काबुमा छैन उनको । अरु त परको कुरा हो कोल्टे फेर्नलाई समेत अरुको साहारा नभई हुदैँन् । बर्दियाको न्याउलापुर घर भई दुलेगौँडामा डेरा गरी बस्ने उनी १६ महिना अगाडी दुर्घटनामा परेपछि अशक्त भएर विस्तारा थलिएकी छिन् ।

    पिठ्युँमा गहिरो घाउ छ । चिकित्सकलाई उदृत गर्दैै सुनिताका श्रीमान भागिरामले दिएको जानकारी अनुसार स्पाइनल इञ्जुरीको समस्या पनि छ । विस्तारामा थला परेकी उनले आर्थिक अभावमा उनले उपाचार पाएकी छैनन् । ११ असार २०७७ मा दुलेगौँडा बजारको भित्री सडक खण्डमा हिँडिरहदाँ उनलाई टाटा सुमोले ठक्कर दिएको थियो ।

    दुर्घटनापछि सुनिताको उपचार गराउन पोखराको फेवासिटी अस्पताल लगियो । त्यहाँ उपचार सम्भाव नभएपछि थप उपचारका लागी काठमाडौँ पठाईयो । काठमाडौँको ट्रमा सेन्टरमा झण्डै दुई महिना उपचार गराएर डेरामा फकाईएको उनको आर्थिक अभावले उपचार गराउन नसकेको भागीरामले बताउँछन् ।

    ’ठक्कर दिने सवारी पक्षले उपचारका लागी झण्डै पाँच लाख रुपैयाँ दिए । एक लाख बढी ऋण काढेर उपचार गराए, पैसा सकिएपछि दुलेगौँडामा ल्याए’, उनले भने । अहिले ठक्कर दिने सवारी पक्षले आफु बरु जेलमा बस्न तयार भएको तर अरु रकम दिन नसक्ने बताउने भागीरामले सुनाए । ज्याला मजदुरी गरेर दैनिकी चलाउने भागीराम, श्रीमती र एक छोरी दुुलेगौँडा बस्दै आएका थिए ।

    विस्तारामा लम्पसार परेकी सुनिताको विजोग देखेपछि उपचारका लागी युवाहरु जुटेका छन् । कम्तिमा पनि सुनिताको घाउ निको पारेर ह्विलचियरमा बस्न सक्ने बनाउने उदेश्य राखेर उपचारमा देश विदेशका युवा जुटेका हुन् ।

    कतारमा रहेका तनहुँका करिम बक्स मियाँको पहलमा दुई लाख रुपैयाँ संकलन गरेर सुनिताको उपचारमा पठाएका छन् । शुक्रबार उक्त रकम सुनिताको उपचारकामा लागेका अभियान्ता लोकदोहारी गायक शंकर पन्तको समूहले हस्तान्तरण गरेको छ । शनिबार सुनिताको उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाईएको उनले बताए । ‘खाने बस्ने व्यवस्थासहित हामीले एम्बुलेन्स खोजेर उपचार गर्न पठाईएका छौँ । एक लाख रुपैयाँ सकिएपछि बाँकी एक लाख रुपैयाँ हस्तानतरण हुनेछ’, पन्तले भने, ‘त्यसपछि नपुग रकम हामी फेरी आर्थिक संकलन अभियान चलाउनेछौँ ।’ पहिलो चरणमा घाउ निको पार्ने र सम्भव भएसम्म स्पाइनल इञ्जुरीको उपचारमा समेत सघाउने उनले बताए ।

    सुनिताको उपचारमा जुटेका युवा मिलेर परोपकारी संस्था चलाउने तयारी छ । आर्थिक अभावमा थला परेका बिरामीलाई उपचारमा सघाउने गरी संस्था स्थापना हुने जनाईएको छ ।