दमौली : तनहुँ सुनचॉदी व्यवसायी सङ्घको अध्यक्षमा विनोदकुमार विक (विकास) निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् । विक निवर्तमान उपाध्यक्ष समेत हुन् ।
नयॉ नेतृत्व चयनका लागि भएको निर्वाचनमा विनोदले ९२ र प्रत्यासी एकबहादुर विकले ७५ मत प्राप्त गरेका थिए ।
अधिवेशनबाट सङ्घको उपाध्यक्षमा हरि गहतराज, सचिवमा पदम विक चयन भएका छन् ।