दमाैली : तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा दुई युवा गम्भीर घाइते भएका छन् । गल्वुवेशीबाट भादगाउँतर्फ जाँदै गरेको को १ झ ४० नम्बरको गाडी र विपरित दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ र १८ वर्षीय रोशन घर्ती रहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार दुवै जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये रोशन गुरुङलाई र पोखरा पठाइएको छ भने रोशन घर्तीको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।