निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : वरिष्ठ नेता राई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : वरिष्ठ नेता राई

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७८, सोमबार

    दमाैली : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन् । जनता समाजवादी पार्टी तनहुँले साेमबार दमौलीमा आयोजना गरेको सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई उपलब्धीमूलक बनाउने बताए ।

    राईले क्रियाशील नहुने, कार्यक्रम नगर्ने, योजना नबनाउने र गुनासो मात्रै गरेर बसे पार्टी नबन्ने बताए । मङ्सिर मसान्तसम्म सुज अभियान भनिएपनि त्यसपछि पनि उक्त अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा राईले जोड दिए । “पार्टी बनाउने हो भने योजना सहित निरन्तर क्रियाशील हुनुपर्छ, गुनासो मात्रै गरेर पार्टी बन्दैन,” उनले भने । केन्द्र र प्रदेश सरकारमा जसपाको प्रतिनिधित्व रहेकाले उक्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा राईले आग्रह गरे ।

    कार्यक्रममा जसपाका नेता एवं पूर्वमन्त्री हिसिला यमी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका जलस्रोतमन्त्री हरिशरण आचार्य, पूर्वमन्त्री शिवलाल थापा लगायतले सुज अभियानमार्फत् पार्टीको सङ्गठनलाई मजबुत बनाइने बताएकाे पार्टीका केन्द्रीय सदस्य खड्क आले मगरले जानकारी दिए ।