म्याग्दे : नेकपा एमालेको म्याग्दे गाउँ कमिटीको अध्यक्षमा बसन थापा चयन भएका छन् । सोमबार भएको गाउँ कमिटीको प्रथम अधिवशेनले थापाको अध्यक्षतामा ६५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
थापा म्याग्दे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष समेत हुन् । कमिटीको उपाध्यक्षमा ज्योतीकुमार श्रेष्ठ, सचिवमा राजन श्रेष्ठ र उपसचिवमा सन्दिप रानाभाट र बद्री घिमिरे चयन भएका छन् ।
गाउँ कमिटी अध्यक्ष भिमबहादुर विकको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला सचिवालय सदस्य प्रदीप अधिकारी, जिल्ला कमिटी सदस्य रत्ना घिमिरे, प्रभा श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, वडा नम्बर ६ का अध्यक्ष बसन थापा, वडा नम्बर ७ का अध्यक्ष पद्मराज वाग्ले लगायतले मन्तव्य राखेका थिए ।