तनहुँमा नौ लाख नगद सहित २९ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नौ लाख नगद सहित २९ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७८, बुधबार

    दमाैली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीबाट २९ जुवाडे पक्राउ परेका छन् । सोही ठाउँका बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट रु नौ लाख ११ हजार चार सय पाँच नगद समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ठूलो धनराशीमा कौडा खेलिरहेको सूचनापछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले कौडा १६ (सोह्र) वटा, भिष्टिङ् उठाउन प्रयोग गरेको बट्टामा वैकल्पिक रुपमा राखेको कौडा १६ (सोह्र) वटा गरी जम्मा ३२ काैडा समेत बरामद गरेकाे छ ।

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार रहेको प्रहरीले जनाएको छ ।

    यसैगरी शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चूडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक र रोशन भट्टराई पक्राउ परेको प्रहरीले जनाएको छ ।

    यसैगरी सोही ठाउँका प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र जुवा ऐनअनुसार कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।