‘पुस्तकालय समयसापेक्ष हुनुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘पुस्तकालय समयसापेक्ष हुनुपर्छ’

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७८, बुधबार

    दुलेगौँडा : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले पुस्तकालयले चेतना जगाउने काम गरेको बताएका छन् । पुस्तकालयले विभिन्न कालखण्डमा मानव अधिकार, प्रजातन्त्र, बहुदलियताको बारेमा चेतना जगाउन सफल भएको उनले बताए ।

    तनहुँको बेलचौतारामा रहेको जन पुस्तकालयको ४२ औँ बार्षिकोत्सवमा बोल्दै अध्यक्ष तिम्लिसिनाले भने, ‘त्यतिबेलाका शासकले पुस्तकालयलाई बन्द गराउने काम समेत गर्थे । ती बेला पुस्तकालयले राजनीतिकर्मी, कवि लगायतलाई सचेत पनि बनाएको थियो ।’


    पुस्तकालयलाई परिमार्जन गरेर इलाइब्रेरी बनाउनुपर्ने उनको भनाई छ । पुस्तकालय समयसापेक्ष हनुपर्नेमा उनको जोड छ । उनले अगाडी थप्दै भने, ‘अबको युगमा पुस्तक पत्रिका मात्रै पढ्छन् भन्ने हुदैन् । प्रविधीमा आएको विकाससँगै पुस्तकालयलाई अगाडी बढाउनुपर्छ ।’