


दमौली : नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा तनहुँका २० जना मनोनित भएका छन् । प्रदेश कमिटीको मंगलबार सम्पन्न बैठकले तनहुँका २० जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो ।
मनोनित हुनेमा रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीबहादुर बस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, विश्वबन्धु भण्डारी, सूर्यबहादुर गुरुङ, धर्मराज खनाल, उपेन्द्र देवकोटा, इन्द्रबहादुर कुंवर, रामबहादुर गुरुङ, हर्क गुरुङ, समिम मिया, उत्तमप्रकाश पण्डित, सीताराम बजगाई, होम थापा, मोहम्मद सफिक मिया, खिलबहादुर राना र उमाकुमारी हमाल रहेको एमालेले जनाएको छ।