दमौली : तनहुँमा पनि छठ पर्व मनाइएको छ । मादी नदीमा अस्ताउदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व भक्तिपूर्वक मनाइएको हो ।
उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
तराईमा बसोबास गर्ने मधेसीहरु मात्र नभई छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्मावलम्बीहरुले पनि आपसी सौहार्दता र सद्भावपूर्वक मनाउने गरेका छन् । भोलि बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन भएको मानिन्छ ।