अनेरास्ववियु गण्डकीले ‘म अखिल’ कार्यक्रम सञ्चालन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अनेरास्ववियु गण्डकीले ‘म अखिल’ कार्यक्रम सञ्चालन गर्ने

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७८, बुधबार

    पोखरा : अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले ‘म अखिल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विपत्तिमा साहारा सबै खाले विभेदमा विद्रोह, विकृती, विसङ्गतिका विरुद्धमा ‘म अखिल’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अनेरास्ववियुले जनाएको छ।

    प्रदेश कमिटीको हालै सम्पन्न बैठकले सबै जिल्लामा स्वयंसेवी अभियानका रुपमा सञ्चालन गर्ने निर्णय भएको सचिव आरके पोख्रेलले जानकारी दिए ।

    बैठकले सबै विद्यार्थीको शिक्षा र स्वास्थ्य पूर्ण रुपमा राज्यको जिम्मेवारीमा ल्याउन शिक्षा र स्वास्थ्य बीमाका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने, शिक्षा क्षेत्रमा कोभिड-१९ ले पारेको प्रभावका विषयहरुलाई उठान गरी प्रदेश सरकार, जिल्ला शिक्षा
    समन्वय इकाई र सबै पालिकाहरुका शिक्षा शाखाहरुमा मंसीर ५ गते ध्यानाकर्षण गराउने निर्णय भएको छ।

    युवा दुव्यंसनी विरुद्ध अभियान र दवावका लागि प्रत्येक जिल्लामा रचनात्मक सडक कार्यक्रम गर्ने, गण्डकी प्रदेशका ११ वटै जिल्ला कमिटी र पोखरा महानगरपालिकाको बैठक कात्तिक २६ गते भित्र
    गरिसक्नुपर्ने, सबै विद्यालय तया क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि अनिवार्य खोपको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने, वैचारिक मुखपत्र एवम्‌ प्रशिक्षण सामग्री ‘अखिल आवाज’ प्रकाशन गर्ने निर्णय भएको छ ।

    विभेद र उत्पीडनमा परेका विद्यार्थी र आम जनसमुदायमा सहयोग पुर्याउने उद्धेश्य अनुरुप हेल्लो अखिल हेल्पलाइन निर्माण गरी म्यासेन्जर, भाइबर र ह्वाट्स एप माफर्त सहयोग र सहजीकरण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति विसंगती विरुद्ध सम्बन्धित निकाय र सरोकारवाला पक्षसँग आवश्यक छलफल,अन्तरकिया गरी विकृती विरुद्धको अभियान संचालन गर्ने, सम्पूर्ण विद्यालयहरुमा निःशूल्क स्यानिटरी प्याडको व्यवस्थापन गर्ने प्रदेश सरकार र स्थानीय
    सरकारसँग माग गर्ने भएको छ ।