जुनियर वन प्राविधिक सङ्घको साधारणसभा, एक लाख राशीको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जुनियर वन प्राविधिक सङ्घको साधारणसभा, एक लाख राशीको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७८, बुधबार

    दमाैली : जुनियर वन प्राविधिक सङ्घको चौथो अधिवेशनपछिको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले गरेका थिए ।

    कार्यक्रममा सहायक वन अधिकृत नारायणप्रसाद कोइराला, मनोज रानाभाट, फरेष्टर सकुन्तला तिवारी, लेखा शाखा प्रमुख प्रमोदनन्दन भट्टराई, कर्मचारी प्रशासन शाखा प्रमुख पुष्प खनाल, संस्थाका निवर्तमान अध्यक्ष नन्दबहादुर थापा मगरले मन्तव्य राखेका थिए ।

    सोही अवसरमा सेवा निवृत्त भएका संस्थाका सदस्यहरु नन्दबहादुर थापा मगर, वन रक्षक नरबहादुर दरैलाई बिदाई तथा मायाको चिनो प्रदान गरिएको थियो ।

    यसैबीच संस्थाका निवर्तमान अध्यक्ष नन्दबहादुर थापाले एक लाख एक हजार एक सय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सेवा निवृत्त वन प्राविधिकका सन्ततिहरुमध्येबाट प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको हो । थापाले चौथो अधिवेशनमा अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता बमोजिम बुधबार उक्त रकमको चेक प्रदान गरेको संस्थाका सचिव रमाकान्त खनाल (विजय) ले जानकारी दिए ।