मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण : मन्त्री विश्वकर्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण : मन्त्री विश्वकर्मा

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७८, शुक्रबार

    दमाैली : गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहँर्द आएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि सुरु प्राथमिक उपचार प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले मानवीय सेवामा रेडक्रसले पु¥याएको योगदानको जति चर्चा गरेपनि कम हुने धारणा व्यक्त गरे ।

    सामाजिक सेवाको भावना रेडक्रसबाट सिक्नुपर्ने भन्दै मन्त्री विश्वकर्माले भविष्यमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे । मन्त्री विश्वकर्माले विसं २०४४ सालमा समुदायको सहभागितामा स्थापित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शिक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य प्रदीप घिमिरे, तनहुँका अध्यक्ष कृष्णहरि वाग्ले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना, रेडक्रसका जिल्ला सदस्य सूर्यचन्द्र हड्खले लगायतले रेडक्रसको कार्यको चर्चा गरेका थिए ।

    प्रशिक्षणमा व्यास नगरपालिका अन्तर्गतका १३ विद्यालयका ४० विद्यार्थीको सहभागिता रहेको छ ।