दमौली : व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको लागि भएको निर्वाचनमा १०७४ मत खसेको छ। व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि शनिबार भएको निर्वाचनमा १०७४ मत खसेको हो ।
कूल १९८४ मतदातामध्ये आधा मात्रै मत खसेको छ। अब केही बेरमा मतगणनाको तयारी भइरहेको छ । अध्यक्षका लागि सुरेश वाग्ले, माधव अधिकारी, करुण काफ्ले र सूर्यचन्द्र लम्साल चुनावी मैदानमा छन् ।
के छ उम्मेदवारका योजना ?
विद्यालय व्यवस्थापन समितिमा दुई पटक सदस्यको रुपमा काम गरिसकेका सुरेश वाग्लेले विद्यालयको शैक्षिक स्तर र भौतिक संरचनामा सुधार ल्याउँदै आर्थिक पारदर्शीता कायम गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए । विद्यालयका विविध समस्या समाधान गर्नुका साथै विद्यालयलाई गतिशिल तुल्याउन स्पष्ट दृष्टिकोणका आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“सामुदायिक बिद्यालयका गतिविधि केही न केही हदसम्म ओझेलमा पर्न गएको छ । आजको विद्यमा अवस्थामा शिक्षालाई व्यावसायिक, प्राविधिक एवं जीवनपयोगी सीपसँग जोड्नुपर्ने मुख्य चुनौति छ,” उनले भने, “यसैका लागि म सदैव क्रियाशील रहनेछु ।”
यसअगाडी पनि विद्यालयको समितिमा बसेर काम गरिसक्नुभएका माधव अधिकारीले सबै विचार, समुदाय एवं वर्गलाई एकीकृत गर्दै नयाँ ढङ्गबाट विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
सत्यवती नेपालकै सामुदायिक विद्यालयहरुमा नमुनाको रुपमा परिचित भएको उल्लेख गर्दै उहाँले पूर्वज समितिहरुको कुशल व्यवस्थापन, विद्यालय प्रशासन एवं शिक्षकको अथक मिहिनेतले आज गर्व गर्न लायक विद्यालय बनेको चर्चा गरे । सबै अग्रजहरुको प्रेरणालाई अनुशरण गर्दै प्रविधिको प्रयोगलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
विगत ६ वर्षदेखि विद्यालयको समितिमा रहेका सूर्यचन्द्र लम्सालले नेपाली सेनामा १८ वर्षको सेवा पश्चात् विभिन्न संस्थामा नेतृत्व गरेको अनुभव आफूसँग रहेको बताए ।
“विद्यालय प्रशासनलाई स्वच्छ र मर्यादित वनाई उपयुक्त शैक्षिक वातावरणमा बालमैत्री विद्यालय स्थापना गर्न मेरा सम्पूर्ण प्रयासहरु केन्द्रित हुनेछन्,” उनले भने “विद्यालयसँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाहरु, प्रदेश, सङ्घ सरकार समक्ष समन्वय गरी विद्यालयको विकासमा लाग्नेछु ।”
विद्यालयका पूर्व शिक्षक रहेका करुण काफ्लेले विद्यालयका हरेक समस्याका बारेमा आफू जानकार रहेकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । “म सानैबाट त्यहाँ पढे्को हूँ, विद्यार्थी, शिक्षक हँुदै अहिले अभिभावक बनेको छु । मलाई विद्यालयका हरेक पक्षको राम्रो ज्ञान छ,” उनले भने, “त्यसका लागि सबैभन्दा सक्षम उम्मेदवार म हूँ ।”
अनलाइन शिक्षण कार्यक्रम सञ्चालन गर्दाका क्रममा देखिएका समस्याहरुको हल गर्ने र प्रविधिमैत्री शिक्षण नै हालको मुुख्य आवश्यकता रहेकाले यसैमा जोड दिई विद्यार्थीहरुको अध्ययन कार्यमा रुची बढाउने र शिक्षकको हौसला वृद्धि गर्ने गर्नेतर्फ आफ्नो ध्यान रहने उनले बताए ।