तनहुँका दुवै क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुवै क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७८, शनिबार

    दमाैली : नेकपा एमालेको दशाै महाधिवेशनका तनहुँमा प्रतिनिधि छनाैट गरिएको छ । शनिबार सर्वसम्मत प्रतिनिधि छनोट गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए ।

    उनका अनुसार महिला, दलित सहित १३ जना प्रतिनिधि छनोट गरिएको हो । प्रतिनिधि बन्न ४३ जनाको उम्मेद्वारी परेको थियो । तनहुँमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भए । राष्ट्रियसभा सदस्यदेखी प्रतिनिधिसभा सदस्य, उपमेयरसम्म महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

    तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फ ईन्द्रबहादुर कुँवर, हरिराज कडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् । महिलातर्फ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् ।

    क्षेत्र नम्बर २ मा खुला तर्फ प्रतिनिधिसभा सदस्य एवं जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ चयन भए । महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईली र राधा महत चुनिए । दलिततर्फ बाबुराम सुनार चयन भएका छन् । उनी पनि क्षेत्र नम्बर २ कै हुन् ।

    तीन गुणा बढीले महाधिवेशन प्रतिनिधि बन्ने चाहना राख्दा सर्वसम्मत चयन गर्नलाई बढो सकस परेको थियो । प्रतिनिधि चयन गर्न क्षेत्र नम्बर १ का एकबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।