क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७८, शनिबार

    दमाैली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले उक्त पुरस्कार वरिष्ठ गायिका कोइरालालाई प्रदान गर्ने निर्णय गरेको हो ।

    कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत कोइरालालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशी नगद रु २५ हजार रहेको छ ।

    यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशी रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा विसीलाई पुरस्कृत गरिने अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ ।

    मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।