शुभम मृत्यु प्रकरणः घटना देख्ने व्यक्ति सम्पर्कमा आउन कास्की प्रहरीको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    शुभम मृत्यु प्रकरणः घटना देख्ने व्यक्ति सम्पर्कमा आउन कास्की प्रहरीको अनुरोध

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    पोखरा : कात्तिक २१ गते आइतबार साँझ ५:५० बजे बागलुङ सडकखण्ड अन्तरगत पोखराको प्रस्याङ गणतन्त्रचोकमा भएको घटना देख्ने, सुन्ने वा सवारी साधनको बारेमा थाहा पाएका व्यक्ति प्रहरी सम्पर्कमा आई सहयोग गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने कास्की प्रहरीले जनाएको छ ।

    पोखराको प्रस्याङस्थित गणतन्त्रचोकको जेब्राक्रसमा सवारीले ठक्कर दिँदा तनहुँको व्यास-५ निवासी १४ वर्षीय शुभम खनालको मृत्यु भएको थियो । कुन र कस्तो प्रकारको सवारीले ठक्कर दिएको भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । यद्यपी अनुसन्धान चलिरहेको छ । उक्त घटना सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै पत्ता लगाउन प्रहरीले सकेको छैन ।

    ठक्करबाट गम्भीर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेका थिए ।