तनहुँका संयोजक सहित चार जनाले छाडे विवेकशील साझा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका संयोजक सहित चार जनाले छाडे विवेकशील साझा

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    दमौली : तनहुँका संयोजक सहित चार जनाले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । तनहुँ संयोजक सागर घिमिरे, व्यास नगर संयोजक सलमान अली, सहसंयोजक विप्लता ढुंगाना र म्याग्दे संयोजक विश्वराज अछामीले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लैजान नसकेको ठहर सहित उनीहरुले पार्टी छाडेको विज्ञप्तीमार्फत् जनाएका छन् ।

    “दुई फरक पार्टीलाई एक ठाऊँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्नतर्फ लाग्नुको साटो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको मर्म विपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य अगाडि बढाएको हाम्रो गम्भीर आपत्ति छ,” विज्ञप्तीमा भनिएको छ, “एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरितका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको हाम्रो बुझाई हो। अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ।”

    अध्यक्ष मिश्रको एकलौटी निर्णयहरू र लाइन विपरितका बहसहरू देखिसकेपछि उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर गरिएको छ ।