प्रधानन्यायाधीशको राजिनामा माग्दै तनहुँ अदालतमा बारको धर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानन्यायाधीशको राजिनामा माग्दै तनहुँ अदालतमा बारको धर्ना

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    दमाैली : प्रधानन्यायाधीशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन तनहुँले आइतबार जिल्ला अदालत तनहुँमा धर्ना दिएको छ । नेपाल बार एशोसिएसन केन्द्रीय समितिको आह्वान बमोजिम तनहुँ बारका सदस्यहरुले अदालत परिसरमा धर्ना दिएका हुन् । प्रधानन्यायधीशको राजिनामा माग गर्दै बारले देशव्यापी आन्दोलन सुरु गरेको छ ।

    नेपाल वार एशोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीको नेतृत्वमा बिहान १०ः३० बजेदेखि एक घण्टा धर्ना दिइएको छ । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधीशले राजिनामा दिनुपर्ने माग सहित धर्नाको कार्यक्रम गरिएको सुवेदीले जानकारी दिए ।

    धर्नामा डिएलका पूर्व केन्द्रीय अध्यक्ष यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले सहित तनहुँ बारका पदाधिकारी एवं सदस्यहरुको सहभागिता थियो ।