काठमाडौ: तनहुँको भानु नगरपालिका-१२ का वडाध्यक्ष विमल गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
काठमाडौमा आइतबार आयोजित कार्यक्रममा गुरुङ नेकपा एसमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीना स्वागत गरेका थिए । गुरुङको नेतृत्वमा ३७ युवा नेकपा एसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
गुरुङलाई नेकपा एसमा प्रवेश गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।