देवघाट : हरिबोधनी एकादशीका अवसरमा पवित्र देवघाटधामस्थित वेणी सङ्गममा सोमबार बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड लागेको छ । त्रिशूली र नारायणीको सङ्गम वेणीमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
स्नानका लागि तनहुँ, चितवन, नवलपुर लगायत आसपासका जिल्लाबाट सर्वसाधारण देवघाटधाम पुगेका छन् ।
नेपालकै महत्वपूर्ण धार्मिक क्षेत्रको रुपमा रहेको कालीगण्डकी र त्रिशुलीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै विभिन्न खाले चर्म रोग निदान हुने विश्वास रहँदै आएको छ । प्रत्येक वर्षको एकादशीमा यहॉ स्नानका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
एकादशी पर्वको अवसरमा दमौलीस्थित मादीसेती नदीमा पनि स्नानका लागि भक्तजनको भीड लागेको छ ।