तनहुँ अदालतमा दोस्रो दिन पनि बारको धर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतमा दोस्रो दिन पनि बारको धर्ना

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७८, सोमबार

    दमौली : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजिनामा माग गर्दै तनहुँका कानून व्यवसायीले सोमबार पनि तनहुँ अदालतमा धर्ना दिएका छन् । विवादास्पद प्रधानन्यायाधीश पदमा बस्न नमिल्ने बताउँदै नेपाल बार एसोशिएसन तनहुँले अदालतमा धर्ना दिएको हो ।

    कानून व्यवसायीले आइतबार पनि अदालतमा बिहान १०:३० देखि ११:३० सम्म कालोपट्टी सहित धर्ना दिएका थिए । प्रधानन्यायाधीशले राजिनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ ।