दमौली : तनहुँको व्यास नगरपालिका-३ स्थित देउराली नगरको अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पहल थालेका छन् ।
वर्षौदेखि लालपूर्जाविहिन रहेको यस ठाउँका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न मन्त्री श्रेष्ठले पहल थालेका हुन् । मन्त्री श्रेष्ठले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसँग त्यस विषयमा छलफल गरेका छन् ।