प्रदेश सचिवमा राजेशको उम्मेदवारी किन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश सचिवमा राजेशको उम्मेदवारी किन ?

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७८, मंगलवार

    दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत मंसिर ३ गते हुने प्रदेश क्षेत्र निर्वाचनमा युथ कांग्रेस नेपाल तनहुँका अध्यक्ष राजेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

    श्रेष्ठले तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) को सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले आफ्नो उम्मेदवारीको कारण सार्वजनिक गरेका छन् ।

    कक्षा १२ सम्म निशुल्क शिक्षा कार्यान्वनमा जोडदार आवाज उठाउन, गाउँ नगरमा आधुनिक कृषि प्रणालीको विस्तार गर्न, नेपाली कांग्रेस भित्र इमान्दारिता, पार्दशिकता, नैतिकता पूर्ण रुपमा विकास गराउन,महिला उद्यमीहरु बढावा दिई प्रतिव्यत्ती आम्दानीमा वद्धि गर्न, प्रत्येक नागरिकको स्वतन्त्रताको हक सुनिश्चित गर्नको लागि आवाज उठाउन, महिला,दलित, सीमान्तकृत सम्पूर्ण जनताको अधिकारलाई शसक्तीकरज्ञ गर्न र आध्यात्मिक सहित आधुनिक शिक्षामा जोड दिने उद्धेश्य रहेको उनले बताए ।