दमौली : नेपाली कांग्रेसका युवा नेता मोहनकुमार श्रेष्ठले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठले तनहुँ क्षेत्र नम्बर २ मा जनजातितर्फ उम्मेदवारी दिने बताए । व्यास नगरपालिका-५ का वडाध्यक्ष समेत रहेका श्रेष्ठले पार्टीलाई सबल, एकढिक्का बनाउन आफ्नो उम्मेदवारी रहने बताए ।