कोरोना सङ्क्रमण: घिरिङका वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कोरोना सङ्क्रमण: घिरिङका वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७८, बुधबार

    दमौली : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका-५ का ७० वर्षीय पुरुषको कात्तिक २९ गते मृत्यु भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार ती पुरुषको सङ्क्रमण तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको हो ।