काङ्ग्रेसको १४ औं महाधिवेशन : तनहुँका प्रदेशसभामा दुई समूहको उम्मेदवारी (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसको १४ औं महाधिवेशन : तनहुँका प्रदेशसभामा दुई समूहको उम्मेदवारी (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७८, बिहीबार

    दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने प्रदेशसभा क्षेत्र निर्वाचनका लागि तनहुँका चार प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । त्यसमध्ये एक प्रदेशसभा क्षेत्रमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने अन्य तीन प्रदेशसभा क्षेत्रमा दुई समूहको उम्मेदवारी परेको छ ।

    तीन वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा प्यानल सहित उम्मेदवारी दर्ता भएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) को सभापतिमा शेष मोहम्मद हनिफ मियाँ (गोरा मियाँ) को उम्मेदवारी दर्ता भएको छ । मियाँको प्यानलबाट उपसभापतिमा राजु खड्का र उमा गोतामे, सचिवमा गौकुमारी न्यौपाने र खोजबहादुर गुरुङ, सहसचिवमा गोविन्द जिसी र कर्ण गुरुङको उम्मेदवारी परेको छ ।

    प्रदेश प्रतिनिधिमा अर्जुनबहादुर अधिकारी, भवेश्वर गुरुङ, विष्णुकुमार मल्ल, प्रेमबहादुर राउत, सन्तोषराज अर्याल, गोविन्द श्रेष्ठ (शिव, सुदिपवंश न्यौपाने, कल्पना केसी, मायादेवी सोती, कान्छीमाया तामाङ, सुरेन्द्रकुमार श्रेष्ठ, पञ्च लामा, दिपा श्रेष्ठ, दिनेशचन्द्र भण्डारी, बासना कुवंर, राधिका परियार र सकिना खातुनको उम्मेदवारी दर्ता भएको छ ।

    May be an image of 6 people, people standing and text

    यसैगरी अर्को प्यानलबाट सभापतिमा विशेश्वर खनाल, उपसभापतिमा सविता उप्रेती र बलबहादुर पोखरेले, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । क्षेत्रीय प्रतिनिधिमा तुलसीराम सापकोटा, हरिदत्त पौडेल, चिरञ्जीवि अधिकारी, सुरेश थापा, कमल पण्डित, बाबुराम बगाले, ज्योति श्रेष्ठ, तीर्था पौडेल, सनिमाया गुरुङ, एलिजा ढकाल, ओजराज पौडेल, विद्या पाण्डे जिसी, केशकुमारी राना मगर, मनिलाल श्रष्ठ, अमर गुरुङ, सकिना खातुन र बुद्धकुमार परियारको उम्मेदवारी दर्ता भएको छ ।

    May be an image of 6 people, people standing and road

    तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) मा राजेन्द्र पियाको सभापतिमा उम्मेदवारी दर्ता भएको छ । उनको प्यानलबाट उपसभापतिमा रामचन्द्र भट्ट र ऋषिराम भट्राई, सचिवमा मिलन भुजेल र कृष्णराज न्यौपाने, सहसचिवमा कुमार थापा र सागर बोटे, प्रदेश प्रतिनिधिमा गिरबहादुर थापा, मणिजङ बस्नेत, वसन्तबहादुर आले, ईश्वर पवन घिमिरे, कुलबहादुर गुरुङ, कृष्णमुरारी मिश्र, हरिचन्द्र रावल, गीता लम्साल, सविना गुरुङ, तुलसी माया पन्त (खत्री), जनजाति पदमबहादुर गुरुङ र श्यामलाल श्रेष्ठ, रामचन्द्र पण्डित, भरत विक, याममाया गुरुङ, तारामाया भुजेल र दिनेश कार्कीको उम्मेदवारी दर्ता भएको छ ।

    यसैगरी अर्को प्यानलबाट सभापतिमा काजीमान श्रेष्ठ, उपसभापतिमा राधा खनाल र बाबुराम श्रेष्ठ, सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्र, सहसचिवमा विराट केसी र गोपाल थापा, प्रतिनिधिमा अमृतबहादुर नेपाली, चित्तबहादुर थापा, गिरबहादुर थापा, विमला थापा, विपीन गुरुङ, पञ्चमाया गुरुङ, महेशराज भट्टराई, तमबहादुर दरै, प्रेमबहादुर गुरुङ, तुलक कैनी, कर्णबहादुर गुरुङ, मदन पण्डित, निमबहादुर थापा, रामचन्द्र पण्डित, विद्या खनाल, पवित्रा गौली र शान्ता बास्तोलाको उम्मेदवारी दर्ता भएको छ ।

    तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) मा सभापतिमा जितराज राना र उनको प्यानलबाट उपसभापतिमा रेशमलाल पौडेल र पशुपति क्षेत्री, सचिवमा हरि भण्डारी र राजेशकुमार श्रेष्ठ, सहसचिवमा मुक्तिप्रसाद सापकोटा र केशबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश प्रतिनिधिमा रविचन्द्र पौडेल, शिवशरण वाग्ले, श्रीबहादुर थापा, शिवबहादुर आले, समुन्द्रराम श्रेष्ठ, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, सुलोचना गौतम, बासना श्रेष्ठ, बिना खनाल, डोलबहादुर सुनार, जुक्तराज वाग्ले, निशा पौडेल, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सीता कुमाल र निरबहादुर पुनको उम्मेदवारी दर्ता भएको छ ।

    अर्को प्यानलको सभापतिमा हिराबहादुर थापा, उपसभापतिमा लक्ष्मण शर्मा र जानकी थापा, सचिवमा उमानाथ पाठक र जीवन गुरुङ, सहसचिवमा रामबहादुर नेपाली र सचिन भुजेलको उम्मेदवारी दर्ता भएको छ ।

    प्रतिनिधिमा यज्ञप्रसाद खनाल, डा. शेषरमण न्यौपाने, सुरेन्द्र वाग्ले, राजबहादुर थापा, युवराज खनाल, अमित शाही, मनिष अर्याल, सरस्वती गौतम, लक्ष्मी श्रेष्ठ, जमुनादेवी रिमाल, मिलन पौडेल, विष्णुमाया खनाल, विमल राना, आशा गुरुङ, नरदेवी गुरुङ, बसन्त लालचन र कृष्णबहादुर नेपालीको उम्मेदवारी दर्ता भएको छ ।