दमाैली : नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) काे सभापतिमा शेष माेहम्मद हनिफ (गाेरा मियाँ) काे जित सुनिश्चित गरेकाे कांग्रेस कार्यकर्ताले बताएका छन् । सदरमुकाम रहेको व्यास नगरपालिकाको अधिकांश वडा र भानु नगरपालिका क्षेत्र समेटिएको यस क्षेत्रकाे सभापतिमा मियाँकाे जित निश्चित जस्तै भएको बताइएकाे छ ।
विगत एक दशकदेखि जिल्ला कार्य समितिमा रही काम गरेका मियाँ मुस्लिम अल्पसंख्यक समुदायको अगुवा हुन् । नेपाली कांग्रेसकाे अधिवेशनमा तनहुँकाे सबै क्षेत्र मध्ये मुसलमान समुदायको तर्फबाट एक मात्र सभापतिको उम्मेदवार बनेको कारण पनि मियाँ अन्य उम्मेदबार भन्दा बलियो बनेका छन् ।
भानु नगरपालिकाको समजुर घर भएका मियाँ कांग्रेसकाे राजनीतिमा पुरानो अनुहार हुन् । आफ्नो जितलाई कांग्रेस कार्यकर्ताको मात्र नभई अल्पसंख्यक र पछाडी पारिएका सम्पूर्ण जाति र समुदायको समेत जित हुने मियाँले बताए । मियाँ पत्रकारितामा समेत आवद्ध छन् ।
सबैसँग मिलनसार व्यवहार गर्ने र पार्टीको काममा इमानदार र प्रतिबद्ध हुने मियाँलाई सभापतिमा जिताउन केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, कार्वाहक सभापति जितप्रकाश आले, सचिव विश्व बास्तोला लगायतको बलियो टिमले साथ दिएको छ ।