दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँ क्षेत्र नम्बर १ (क) मा शुक्रबार भएको मतदानमा ५३३ मत खसेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म चलेको मतदानमा ५३३ मत खसेको हो ।
यो प्रदेशमा कूल ५४३ मत रहेको थियो । निर्वाचन अधिकृत दिपबहादुर खत्रीका अनुसार आजै मतगणनाको तयारी भइरहेको छ।
तनहुँ १ प्रदेश (क) को सभापतिमा शेष मोहम्मद हनिफ (गोरा मियॉ) र विशेश्वर खनाल चुनावी मैदानमा छन् ।