दुलेगौडा : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँ क्षेत्र नम्बर २ (क) को निर्वाचनबाट तीन वडाध्यक्ष प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतगणना अनुसार म्याग्दे गाउँपालिकाका तीन र शुक्लागण्डकी नगरपालिकाका एक वडाध्यक्ष प्रदेश प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
म्याग्दे-१ का वडाध्यक्ष शिवशरण वाग्ले २२९, म्याग्दे-३ का वडाध्यक्ष श्रीबहादुर थापा २२९, म्याग्दे गाउँपालिका-४ का वडाध्यक्ष शिवबहादुर आले २३३ र शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेल २४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरु सबै जितराज राना प्यानलका हुन् ।