दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँका चार प्रदेशसभा क्षेत्रमा अधिवेशन सकिएर नेतृत्व चयन भएको छ । हाल बहाल रहेका जनप्रतिनिधि पनि निर्वाचनमा होमिएका थिए । त्यसमध्ये अधिकांश जनप्रतिनिधि विजयी भएपनि केही जनप्रतिनिधि भने विभिन्न पदमा पराजित भएका छन् ।
निर्वाचनबाट ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भएका छन् । सोही प्रदेशसभाको सभापतिमा व्यास-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरी तनहुँ क्षेत्र नम्बर १ (क) अधिवेशनबाट व्यास-९ का वडाध्यक्ष सुरेश थापा, व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास-८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे-१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे-३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे-४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरी तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ-७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यी जनप्रतिनिधि, जो पराजित भए
अधिवेशनबाट केही जनप्रतिनिधि भने पराजित भएका छन् । जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएका छन् । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भइन् ।
यसैगरी व्यास-२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भइन् ।