दमाैली : नेकपा माओवादी केन्द्र तनहुँको विभिन्न वडामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको नेकपा माओवादी केन्द्रले तनहुँमा पनि विभिन्न वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुंवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन भएका छन् । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका ११ वटा वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिए । वडा नम्बर १ मा नेतृत्व चयन हुन बाँकी रहेको उनले बताए ।
वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दिपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन भएका छन् ।
ऑबुखैरेनी गाउँ कमिटी वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी चयन भएका छन्। २ नम्बर को अध्यक्षमा बासुदेव थापा चयन भएका छन्। ४ नम्बरको अध्यक्षमा नेत्र मगर चयन भएका छन्।