दुलेगौडा : नेकपा माओबादी केन्द्रको शनिबार भएको वडा अधिवेशनमा शुक्लागण्डकी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार देशैभर एकसाथ वडा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको पार्टीले शुक्लागण्डकीका १२ वडामा सर्वसम्मत अधिवेशन सम्पन्न गरेको नगर कमिटीका सचिव मनराज गुरुङले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका–१ को वडा कमिटी अध्यक्षमा धर्म नेपाली सर्वसम्मत भए । उपाध्यक्षमा गंगामाया विक, सचिवमा किशोर घिमिरे, सहसचिवमा श्रीराम पन्थी र कोषाध्यक्षमा सुमित्रा पौडेल चयन भएकी छन् ।
अधिवेशन मार्फत वडा नम्बर २ मा शंकर पन्तको नेतृत्वमा वडा कमिटी चयन गरिएको छ । लोक गायक समेत रहेका पन्त नेतृत्वको वडा कमिटीको उपाध्यक्षमा सुमन सापकोटा, सचिवमा बिष्णु लम्साल, सहसचिवमा दिपक तिमिल्सिना, कोषाध्यक्षमा बिष्णुमाया रिमाल चयन भएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा फेरी दिपक सापकोटा दोहोरिएका छन् । उपाध्यक्षमा रवि भण्डारी, सचिवमा तिर्थराज गर्तौला, सहसचिवमा दलबहादुर राना र कोषअध्यक्षमा कृष्णमाया नेपाली चयन भईन् ।
वडा नम्वर ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, उपाध्यक्षमा आरती शर्मा, सचिवमा अशोक गुरुङ, सहसचिवमा सन्तोष श्रेष्ठ र कोषाध्ध्यक्षमा बिष्णुमाया वाग्ले चयन भईन् ।
नेकपा माओबादी केन्द्र शुक्लागण्डकी नगरपालिका ५ को वडा कमिटीको अध्यक्षमा मित्रबन्धु पौडेल सर्वसम्मत भएका छन् । उपाध्यक्षमा लिलबहादुर भण्डारी, सचिवमा आरती सुवेदी, सहसचिवमा तारा खाती र कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भए ।
वडा नम्बर ६ को अध्यक्षमा पदमराज बराल, उपाध्यक्षमा जगन्नाथ न्यौपाने, सचिवमा हरिप्रसाद पौडेल, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा खडकबहादुर गुरुङ (मिलन) चयन भए ।
वडा नम्वर ७ को अध्यक्षमा मोतिराज गुरुङ, उपाध्यक्षमा बिष्णुु बिक, सचिवमा कृष्ण पौडेल, सहसचिवमा धनबहादुर श्रेष्ठ र कोषाध्यक्षमा दिपा श्रेष्ठ चयन भईन् ।
शुक्लागण्डकी–८ को वडा कमिटी अध्यक्षमा चिरञ्जिवी सिग्देल, उपाध्यक्षमा पुर्णबहादुर थापा, सचिवमा बिष्णु श्रेष्ठ, सहसचिवमा बिपना थापा, कोषाध्यक्षमा लोकमाया गुरुङ चयन भईन् ।
वडा नम्बर ९ को अध्यक्षमा पोसबहादुर बिक, उपाध्यक्षमा हर्कबहादुर महत, सचिवमा राधा अधिकारी, सहसचिवमा सर्जुन लामिछाने र कोषाध्यक्षमा शंखकुमार गुरुङ चयन भएका छन् ।
वडा नम्बर १० को वडा कमिटी अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, उपाध्यक्षमा नरबहादुर खत्री, उपाध्यक्षमा दलबहादुर खत्री, सचिवमा अविनास पौडेल (मिलन), सहसचिवमा रामचन्द्र आले र कोषाध्यक्ष बिष्णुमाया गुरुङ चयन भए । यो वडा शुक्लागण्डकीमा सबै भन्दा धेरै पार्टी सदस्य भएको वडा हो ।
वडा नम्वर ११ को वडा कमिटी अध्यक्षमा नारायण सिग्देल, उपाध्यक्षमा नारायणदत्त भट्टराई, सचिवमा खिमलाल भण्डारी (राजु), सहसचिवमा रमेश गौतम र कोषाध्यक्षमा सुनमाया थापा चयन भए ।
वडा नम्बर १२ को वडा कमिटी अध्यक्षमा पुर्णप्रसाद गुरुङ, उपाध्यक्षमा क्याप्टेन सोमबहादुर गुरुङ, उपाध्यक्षमा रेमबहादुर गुरुङ, उपाध्यक्षमा खुमप्रसाद गुरुङ, सचिवमा टुकबहादुर गुरुङ, सहसचिवमा नेत्रनारायण गौतम र कोषाध्यक्ष हेमकला परियार सर्वसम्मत भएको नगर कमिटि सचिव गुरुङले जानकारी दिए ।