दुलेगाैडा : नेकपा एमाले भिमाद नगर कमिटीले सिद्ध गुफामा सरसफाई गरेको छ । नगर कमिटीले शनिबार भिमाद नगरपालिका–९ मा रहेको गुफा परिसरमा सरसफाई गरेको हो ।
नगर क्षेत्रमा रहेको पर्यटकीय स्थलमा सरसफाई अभियान चालउने उद्घोष बमोजिम सिद्ध गुफाबाट थालनी गरिएको नगर कमिटी अध्यक्ष ईमानबहादुर थापाले बताए । ‘नेता कार्यकर्ता मिलेर गुफाको प्रवेशद्धारमा रहेको पार्कदेखी सिद्ध गुफा, चमेरे गुफासम्ममा सरसफाई गरेका छौ’, थापाले भने । पदमार्गमा कुचोे लगाउने, भत्किएका ढुंगालाई मिलाउने, आसपासको झाडी फाँड्ने काम गरेको थापाले बताए । सिद्ध गुफा पर्यटन मन्त्रालयले सुचिकृत गरेको देशभरको उत्कृष्ट एक सय गन्तव्यमा पर्न सफल छ । अब हरेक महिना एक धार्मिक तथा पर्यटकीय स्थलमा पार्टीले सरसफाई अभियान चलाउने नगर कमिटी अध्यक्ष थापा बताउँछन् ।
‘अघिल्लो महिनाबाट सरसफाई अभियान सुरु गर्ने उद्घोष गरेका थियौँ । पार्टीको अधिवेशनका कारण सुरु गर्न सकेनौँ । यो महिनाबाट सुरु भयो । अब नगरका नौ वटा वडामा रहेको पर्यटकीय गन्तव्यमा सरसफाई अभियानलाई पु¥याउनेछौँ’, उनले भने ।
सरसफाई अभियानले पर्यटकीय स्थलको प्रबद्र्धनमा पनि सघाउने उनको विश्वास छ । सिद्ध गुफा सरसफाईका लागी नेकपा एमाले केन्द्रिय सल्लाहाकार सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेश कमिटी सदस्य धर्मराज खनाल, जिल्ला कमिटी सदस्य शारदा खनाल, भवानीशंकर लम्साल, राष्ट्रिय युवा संघ भिमाद नगर कमिटी अध्यक्ष माधव थापा लगायत वडा सबै वडा का पदाधिकारी नेता कार्यकर्ता गरेर एक सय जना बढी सरसफाई अभियानमा सारिक भएका थिए । नेकपा एमाले भिमाद नगर कमिटीले उद्घोष गरे बमोजिम संगठित सदस्यको वडावडाबाट रक्त समुह पहिचान भईरहेको अध्यक्ष थापाले बताए । ‘किसानसँग एमाले’ कार्यक्रम भने एमालेको राष्ट्रिय अधिवेशन सकेर सुरु गर्ने उनले जानकारी दिए ।