कांग्रेस महाधिवेशन : क्षेत्रीय अधिवेशनका लागि आज उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस महाधिवेशन : क्षेत्रीय अधिवेशनका लागि आज उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७८, आईतवार

    दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनका लागि आज तनहुँमा उम्मेदवारी दर्ता हुँदैछ। दुई क्षेत्रका लागि आज दमौली र खैरेनीटारमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

    क्षेत्र नम्बर १ को सभापतिका लागि विश्व बॉस्तोला र श्याम मौरातीबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर २ को सभापतिका लागि चुडामणि खनाल र कृष्णराज पण्डितबीच प्रतिस्पर्धा हुँदैछ ।

    क्षेत्र नम्बर १ मा बॉस्तोलाको टिमबाट सचिवमा तारानरेश पौडेल र चुडामणि दाहाल तथा सहसचिवमा रविन पौडेल र अर्जुन अधिकारी प्रतिस्पर्धामा छन् ।

    मौरातीको टिमबाट सचिवमा दयानिधी नराल र राजु बानियॉ तथा सहसचिवमा युवराज आले र शैलेश खाती प्रतिस्पर्धामा छन् ।

    क्षेत्र नम्बर २ मा खनालको टिमबाट सचिवमा जीवन चन्द ठकुरी र सन्तोष घिमिरे तथा सहसचिवमा याम सारु मगर र चित्रबहादुर राना मैदानमा छन् ।

    पण्डितको टिमबाट सचिवमा पूर्णचन्द्र घिमिरे र प्रेमबहादुर थापा तथा सहसचिवमा नरसिं राना र टुकराज श्रेष्ठ प्रतिस्पर्धामा छन् ।