किरण गुरुङले एमाले उपाध्यक्षमा उम्मेदवारी दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    किरण गुरुङले एमाले उपाध्यक्षमा उम्मेदवारी दिने

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७८, आईतवार

    पाेखरा : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश संयाेजक किरण गुरुङले पार्टीकाे आसन्न महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । गत महाधिवेशनमा उपाध्यक्ष पदमा झिनाे मतले पराजित भएका गुरुङले यस पटक पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

    नवाै महाधिवेशनमा गुरुङले केपी ओलीलाई अध्यक्ष बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए । अध्यक्षमा केपी ओली र माधव नेपालबीच प्रतिस्पर्धा हुदाँ किरण ओलीको पक्षमा खुलेर मात्रै लागेनन् उनले बामदेव गौतमलाई ओलीको लाईनमा ल्याउन पनि निर्णायक भूमिका निर्वाह गरेका थिए ।

    घनश्याम भूषाल र योगेश भट्टाराईले बामदेवलाई माधवको लाईनमा लैजाने प्रयास गर्दा किरणकै निर्णायक भूमिकाका कारण बामदेव ओलीकाे पक्षमा आउन बाध्य भएका थिए । पार्टीभित्रको आन्तरिक लडाईमा पनि किरणले अध्यक्ष ओलिलाई नै साथ दिदै आइरहेका छन् । यसले गर्दा पनि किरण उपाध्यक्षको प्रवल दावेदारको रुपमा देखिएका छन् ।

    त्यसो त किरण पार्टीभित्र क्रियाशिल र सांगठानिक नेतृत्वको हिसावले पनि अरुभन्दा अग्रज नै हुन् । यसले गर्दा गण्डकीवाट किरण गुरुङले पदाधिकारीमा सर्वसम्मत हुदाँ पनि उपाध्यक्ष पाउनेमा गण्डकीका नेता कार्यकर्ता विश्वस्त देखिन्छन ।

    नेता किरण आफू भने पार्टी अध्यक्ष ओलीको सल्लाहमा नै आफ्नो उम्मेदवारी टुंगो लाग्ने बताउँछन् । ‘अहिलेको महाधिवेशन केपी ओलीको नेतृत्वमा नै अगाडी बढ्ने भएकाले धेरै कुरा नेतृत्वको सल्लाहमा नै अन्तिम टुंगो लाग्नेछ’ नेता किरण भन्छन्, ‘पार्टी नेतृत्वका सल्लाहमा अगाडि बढ्ने विचार गरेको छु । नवौं महाधिवेशनमा उपाध्यक्षमा थोरै मतले पराजित भएको र आफ्नो भूमिका र जिम्मेवारीका हिसावले पनि उपाध्यक्षको म स्वभाविक हकदार त हुने नै भए । यद्यपी नेतृत्वसंगको सल्लाहबाट नै मेरो उम्मेदवारी हुने छु ।’