दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन मन्त्री, नगरप्रमुखदेखि वडाध्यक्षसम्म निर्वाचनमा होमिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख र वडाध्यक्षसम्म महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनमा होमिएका हुन् ।
बिना विभागीय मन्त्री विक तनहुँ क्षेत्र नम्बर १ बाट दलित तर्फबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । यसैगरी संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने खुल्लातर्फाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँ खसआर्य पुरुषतर्फ, व्यास नगरपालिका–१३ का वडाध्यक्ष लेखबहादुर राना जनजातितर्फ, व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिं दरै अल्पसङ्ख्यकतर्फ, आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ खुल्ला महिलातर्फ, गण्डकी प्रदेश सांसद सरिता गुरुङ जनजाति महिलातर्फ र व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार दलित महिलातर्फबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ तर्फ संविधानसभा सदस्य धु्रव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना खुल्ला महिलातर्फ, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ जनजाति पुरुषतर्फ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा जनजाति महिलातर्फ, म्याग्देका कार्यपालिका सदस्य रामकृष्ण विक दलित पुरुषतर्फ, जिल्ला समन्वय समितिकी सदस्य दिव्यश्वरी विक दलित महिलातर्फ र घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गङ्गाबहादुर कुमाल अल्पसङ्ख्यकबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् ।
यसैगरी म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा जनजातितर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।