विवेकशील साझा पार्टी तनहुँको संयोजकमा ढुङ्गाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विवेकशील साझा पार्टी तनहुँको संयोजकमा ढुङ्गाना

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७८, सोमबार

    दमाैली : विवेकशील साझा पार्टी तनहुँको संयोजकमा नगेन्द्र शर्मा ढुङ्गाना चयन भएका छन् । पार्टीको गण्डकी प्रदेशको हालै बसेको बैठकले तनहुँ संयोजकमा ढुङ्गानालाई मनोनित गरेको हो ।

    यसअघिका संयोजक सागर घिमिरेले राजिनामा दिएपछि रिक्त रहेको पदमा ढुङ्गानालाई चयन गरिएको सो पार्टीले जनाएको छ ।

    पार्टीको जिल्ला समिति सदस्यमा कृष्ण थापा, कमल थापा, पूर्णकला पौडेल, अविद मिश्र, विमल केसी, उत्सव अधिकारी, भूमिका बराल आचार्य, आकाश खनाल, दीपेन्द्र थापा, सुशीला कैनी, सलमान अली, लक्ष्मण श्रेष्ठ, विश्वराज अच्छामी चयन भएका छन् । तत्कालिन संयोजक सागर घिमिरेले पार्टीलाई पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सुखद दिनको शुभकामना व्यक्त गरिएको छ ।

    यसअगाडी व्यास नगर संयोजक सलमान अली र म्याग्दे गाउँपालिका संयोजक विश्वराज अच्छामीले पार्टी परित्याग गरेको समाचारप्रति सो पार्टीको ध्यानाकर्षण भएको जनाउँदै उहाँहरु यथावत नै रहेको बताइएको छ ।