एमाले झन् बलियो भएको छ : केन्द्रीय सदस्य राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले झन् बलियो भएको छ : केन्द्रीय सदस्य राना

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७८, सोमबार

    दमाैली : नेकपा एमालेका केन्द्रीय सदस्य एक वहादुर रानाले एमाले झन बलियो भएको बताएका छन् । नेकपा एमाले देवघाट गाउँपालिका-२ द्वारा आयोजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

    अध्यक्ष केपी ओलीले वृहत कम्युनिष्ट पार्टी बनाउनका लागि माओवादीसँग पार्टी एकता गरेको भएता पनि प्रचण्डको सत्ता कव्जा गर्ने रणनीतिका कारण एकता सम्भव नभएको रानाले बताए । आफनै पार्टीको नेतृत्व ढालेर काग्रेसलाई सत्ता बुझाएकाे माधव नेपाल र प्रचण्ड घोर दक्षिणपन्थी भएको उनकाे आराेप थियाे ।

    पार्टी पुर्नगठन भएपछि देशैभरि देखिएको कार्यकर्ता र जनताको सहभागिताले पार्टी झन बलियो भएकाे उनले बताए ।

    नेकपा एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकालले एमालेले विचारबाट परिवर्तन खोजेको तर प्रचण्डले जसरी हुन्छ, सत्ता कव्जा गर्न खोजेको आराेप लगाए ।

    नेकपा एमाले देवघाट गाउँ कमिटी-२ का अध्यक्ष एकदेव विकको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा एमाले देवघाट गाउँ कमिटी अध्यक्ष केशवचन्द्र न्यौपाने, जिल्ला कमिटी सदस्य बाबुराम अधिकारी, देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा लगायतले बाेलेका थिए ।