कांग्रेस तनहुँ : सभापतिमा न्यौपाने र आले भिड्ने निश्चित (प्यानल सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँ : सभापतिमा न्यौपाने र आले भिड्ने निश्चित (प्यानल सहित)

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७८, बिहीबार

    दमौली : नेपाली कांग्रेस तनहुँको सभापतिका लागि वैकुण्ठ न्यौपाने र जितप्रकाश आले भिड्ने निश्चित भएको छ। शनिबार हुने अधिवेशनका लागि हालका सभापति न्यौपाने र कार्यवाहक सभापति आलेबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो। दुवै समूह प्यानल सहित चुनावमा जाने भएको छ।

    अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता भएकाे छ । न्यौपानेको टिमबाट उपसभापतिमा उदयराज गौली र किसान गुरुङ, सचिवमा माेहन गिरी र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेस खनाल छन् ।

    आलेको टिमको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी छन् ।

    जिल्ला अधिवेशनले सात पदाधिकारी सहित ४१ सदस्य निर्वाचित गर्नेछ । प्रत्येक गाउँपालिकाबाट एक महिला सहित एक अन्य गरी कूल १२, प्रत्येक नगरपालिकाबाट एक महिला सहित दुई अन्य गरी कूल १२ जना सदस्य निर्वाचित हुनेछन् ।

    समानुपातिक सदस्यतर्फ प्रत्येक सदस्यको दुई तिहाईले हुने १६, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गबाट एक, खसआर्यतर्फ दुई महिला सहित चार, आदिवासी जनजातितर्फ चार महिला सहित ९, दलिततर्फ एक महिला सहित तीन सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।